बिक्रम थापा - TB REACH कार्यक्रम अन्तर्गत मोबाईल भ्यान लिएर २२ जिल्ला घुम्दै सेवा घरदैलोमा पुर्याउदाको अनुभब ब्यक्त गर्दै 

 

स्वास्थ्य अनुसन्धान तथा सामाजीक बिकास मञ्च (HERD) द्वारा सन्चालित TB REACH कार्यक्रम अन्तर्गत सुरुवात गरीएको GeneXpert  जडित मोबाईल भ्यानद्वारा क्षयरोग परीक्षण बारे मेरा अनुभबहरु :

 

भ्यान install गर्दा: क्षयरोग कार्यक्रम मोबाईल भ्यान प्रयोग गरी पहिलो पल्ट हुन लागेको थियो । कंम्पनी बाट गाडीमा उपकरण पहिले नै जोडेर नआएको हुँदा सामान कहाँ राख्ने र गाडीलाई कसरी तयार गर्ने भन्ने बिषय लाई ईन्टरनेट को मध्यामबाट आकृति तयार पारिएता पनि त्यसमा लाग्ने उपकरण काम गर्ने बिषय चुनौती बन्यो । यसको सामाग्रीहरु हेर्दै नापलिदै सिकर्मी र mechanic हरु को सहयोगबाट improvisation गरी पहिलो भ्यान तयार पारीयो । पहिलो तयार पारीएको भ्यान केही भद्दा भएको कारण यसमा भएको कमी कमजोरीलाई मध्यनजर गरी अझ सरल, सुलभ बनायौ । यो कार्यको लागी लगभग ६ महीना जती खर्चियौ ।

 

पहिलो पटक भ्यान field लादाँ: हामीले पहीलो पटक नेपालगञ्ज टिबी नेपाल को सहयोगमा कारागारबाट सुरु गर्यौ । त्यसपछी सलम एरिया टिबी नेपाल औद्योगीक क्षेत्र, NATA र NAPN मा गर्यौ । यो कार्यअबधीमा यो नयाँ काम गर्न सबैलाई जोस जागर र कौतुहलता र उत्सुक्ताका साथ त्यहाका volunteer साथीहरु खटीनु भएको थियो । यसको लागी विरामीहरु स्वयं अस्पताल धाई रहनु नपर्ने, काम गरेर खानुपर्ने व्यक्तिहरुको लागी सहज समयको बचत र रिपोर्ट पनि तुरुन्त पाईने भएकोले सबै खुसी थिए ।

 

समुदायमा गएपछी: आधुनिक मेशिन लिएर काठमाण्डौबाट गाडी बिरामी चेक गर्न आएको छ भनेपछी सबै गाउँ समुदायका ब्यक्तिहरु आउनुभयो । आईसकेपछी अन्य धेरै रोगहरुको बारेमा पनि बुझ्न र चेकअप गराउन चाहन्छन भने रोग नदेखेपछी खोकी लगाएत अन्य समस्याको औषधी को अपेक्ष्या गर्नुहुन्थ्यो । हामी विरामी चेक गर्ने जाने ठाउँ वा स्थानमा हामीले त्यहाँको जिल्ला अस्पताल, प्राथमीक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी अनि उपस्वास्थ्य चौकी को सहयोग र volunteer साथीहरु सहयोगले गार्दा विरामीहरु सहज रुपमा आउने गर्दथे ।

 

 

विरामीहरुको अनुभब: कतिपय पिडित बिरामीहरुले देवता नै आएको कुराहरु गर्दथे भने केही राजनिति गर्नेहरु बिदेशी डलर पचाउन आएका हुन यीनिहरु.... भनेर भाड्ने अनि बाधक बन्नेहरुको पनि कमी थिएन । 

 

स्वास्थ्यकर्मीहरुको अनुभब: जिल्लाअस्पताल, प्राथमीक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी अनि उपस्वास्थ्य चौकीमा रहेका ज्यादै पुरानो र झन्झटीलो प्रविधी भन्दा यो प्रबिधि निकै सहज बहुऔषधीको क्याटगोरी MDR छुट्याउने काम गर्न सजिलो सबै ठाउँहरुमा यस्तै माईस्क्रोस्कोपी र जिल्लमा GeneXpert हुनुपर्ने धारणा राख्दथे ।

 

कार्यक्रमको प्रभावकारीता: मजदुर गरेर दैनिकी गुजारा गर्नुपर्ने, कारागारबाट बाहीर निकालेर प्रक्रिया पुर्याएर क्लिनिक लैजानुपर्ने झन्झट, अफीस विदा लिनुपर्ने अनि २ दिन या ३ दिन अस्पताल जानुपर्ने भन्दा मोवाईल हिसावले यो सेवा बास्तबिक बिरामीहरुको लागी अति उत्तम र सहज पाईयो । 

 

भ्यानका उपकरण र यसका समस्या:  भ्यानमा जडित उपकरणहरु लागी जटिल समस्या भनेको बाटोमा चल्दा काम गर्न नमिल्ने, GeneXpert का पार्टहरु भालुको नाक जस्तै कमलो हुने भएकोले नेपालको बाटो, खाल्डो खुल्डो र धुवाधुलो बाट निकै सुरक्षा अपनाउनु पर्ने हुन्छ ।

 

तिता मिठा अनुभवहरुः हामी मोवाईल भ्यानमा दुईजना lab assistant र म चालक यात्राका सहयात्रीहरु बाटोमा गाडी विग्रदा ठेल्दै धकेल्दै, वर्षामा गाडी फस्दा निथ्रुकै र हिल्लामै भएर होस्टेहैसे गरी टायर फेर्दै तराईमा मछ्डको टोकाई र कतै अनिँन्द्रा क भोक भोकै ति बालबालिका युवायुवती अनि बृद् बृदा बिरामीको खोकी जचाँएर निको भएको देख्दा हामीले आफ्नो सौभाग्य ठान्दछौ । कतिपय आमाबुबाले त हसाउनुपनि भयो बाबु हिजो नातीले टिबी विगार्यो त्यो बनाउनु हुँन्छ? हामीले बिरामी पहाडी क्षेत्रमा भन्दा तराई भागमा विरामीको संख्या भेटेको कुरा अबगत गराउन चाहान्छौ । डट्स क्लिनिकले गर्दा उपचारमा सहज भएको छ । MDR को लागी अझ सुरक्षित स्थान र राम्रो हेरचाह र निगरानी आवश्यक देखिन्छ ।