blog-post

महाभुकम्प र मेरो अनुभव

Anju Bhatta, Research Officer at HERD shares her personal experience of the devastating earthquake. Expressed in Nepali language, she reflects back on those dark days and the satisfaction she received after being engaged in relief works. Anju prefers sharing her experience in Nepali language, her mother-tongue.

जीवनभनेको नै सुख र दुःख मिलेर बनेको दुई वटा पाटोको समिश्रण हो । त्यसैले भन्ने गरिन्छ “Life is Unpredictable” । कसैले सोचेको थिएन होला वैशाख १२ गतेको दिन, यस्तो पनि होला भनेर !

शनिबारको दिन, छुट्टीको दिन, सबैजना आफ्नो हप्ताभरिको थकाई मेट्न केही न केहीगर्दै हुनुहुन्थ्यो होला.... या परिवार, आफन्त या साथीहरूसँग रमाइलो गर्दैहुनुहुन्थ्यो होला... त्यसैगरि म पनि बर्दिया जिल्लामा अफिसको कामले गएकी थिएँ । अघिल्लो दिन काठमाण्डौँबाट बर्दियातिर लाग्दा सोचेको पनि थिइन कि फर्केर आउँदा काठमाण्डौँको मुहार नै फरक देख्न पाईन्छ । मान्छेहरू घरबाहिर पालमा बसेर आफ्नो दिनचर्या बिताइरहेका होलान् अथवा बच्चादेखि बुढो मान्छे सबैको अनुहारमा खुसीको ठाउँमा एक किसिमको डर, त्रास देखिन्छ ।

यस्तो समयमा आफन्त, साथी–भाइहरूबाट टाढा भएर होला म आफूलाई “unlucky” ठान्छु । वेैेशाख १२ गतेको दिन मेरो लागि पनि नँया दिन जस्तै थियो । म बर्दियाको मोतिपुर भन्ने गा.वि.स. जाँदै थिएँ । मनमा नँया किसिमको हलचल भइरहेको थियो । तर यो मनले बुझ्न सकिन के भइरहेको छ भनेर । १२ बजेको त्यो टनटनापुर घाममा एउटा लोकल जीपमा बसेको बेलाभुइँचालो आयो, जीप हल्लायो अनि एकछिनको हुरी जस्तै उडेर गयो । तर एकछिनको हुरीले मान्छेको जिन्दगी नै फेरेको रहेछ त !

मनमा त्रास र डर केही थिएन । तर मनको एउटा कुनामा कुनै किसिमको चञ्चलता भने भइरहेको थियो । छोटो दुरीको यात्रापछि गन्तव्य पुगियो र एउटा पसलको भाइले भन्यो, “काठमाण्डौँ त खत्तम भयो रे दिदी ।” एक्कासि मन र दिमागले काम गर्न छोड्यो ! घर, आफन्त, साथी–भाइहरूलाई फोन गर्न खोजेँ तर फोन लागेन । मनमा एक किसिमको डर र त्रासले ठाउँ लिन खोज्यो !

दिनभरिको प्रयास विफल भयो तर आँट भने छोडिनँ... करिब रातीको १०.३० बजे फोन लाग्यो ! मम्मीले हेलो नभनेर सिधै “छोरी तिमी ठीक छौ” भनेर सोध्नुभयो । आँखाभरि आँसु आयो । सोचेँ आमा–बुवाको मन कति छट्पटिँदो रहेछ आफ्नो सन्तानहरूको लागि । मैले आफू सुरक्षित भएको कुरा गरेँ र उँहाहरूको बारे सोधेँ । उँहाहरू सकुशल हुनुहुँदो रहेछ । मनमा अलिकति भएपनि डर हरायो । त्यसपछि साथीहरूलाई फोन गरेँ । उनीहरू पनि सबैजना सकुशल भएकोले एकछिनको लागि भएपनि एक किसिमको मनमा राहतले कब्जा जमायो ।

फेरि मन चञ्चल हुनलाग्यो । परिवार, आफन्त र साथीहरू सुरक्षित भएपनि नेपाल त सुरक्षित छैन भन्ने आभास भयो । रातीको १२ बजिसक्यो निन्द्रा लाग्दैन.. टीभी हे¥यो राम्रो कुरा केही देखाउँदैन । जसोतसो गरेर रात बिताएँ र भोलिको दिनले कुन समाचार ल्याउँछ भन्ने मनमा डर थियो । भोलिको दिन आँट गरियो र काठमाण्डौँ फर्किन्छु भनेर नेपालगञ्ज पुगे । तर दुर्भाग्यवश प्लेनहरू नचलेकोले गर्दा नेपालगञ्जमै बस्ने निधो गरियो । तर केही समयपछि त्यो पनि हुन सकेन । अलि समयको बसाईमा धेरैले फोन गर्नुभयो । काठमाण्डौँ अहिले नआउन अनि घरबाट पनि नजान भन्नुभयो । मनलाई मारेर घरतिर लागियो । घरमा एक हप्ताको बसाईमा राम्रो कुराहरू केहीपनि सुन्नमा आएन । झन मनमा एक किसिमको ग्लानि महसुस हुनलाग्यो । यसो कुरा बुझ्दा आफुले काम गरिरहेको सँस्थाबाट राहतको काम पनि भइरहेको रहेछ ।

यसो सोचेँ मान्छेहरूलाई यत्रो विपत्त परेको बेला त अरुलाई सहयोग गर्नुपर्छ भन्ने भावना छ भने, म जसले यस्तो विनाशकारी भुकम्प महसुस पनि गर्न पाइँन त्यसका लागि होला मनमा एउटा नयाँजोश र जाँगरका साथ मैले नि केहीगर्न सक्छु भन्ने भावना आयो । यसो विचार गरे साथी–भाइहरूसँग फोनमा कुरा गरेर केहि हुन्न भन्ने सोचेर काठमाण्डौँको यात्रा तय गरेँ । 
एयरपोर्टबाट धापाखेल पुग्दासम्म मनमा एक किसिमको डर लागिरहेको थियो । जब बाटोका ढलेको घरहरू देखेँ, जसरी मान्छेहरू दुःख गरेर पालमुनि बसिरहेका थिए, त्यसपछि त डर आप“mै हरायो । काठमाण्डाँै जहाँ मान्छेहरूलाई एकअर्काको दुख–सुख सोध्ने समय पनि थिएन, तर त्यो समयले मान्छेहरूलाई समुदायमा मिलेर बस्न सिकायो । त्यसैले गर्दा होला हप्ता दिनको बाहिर पालको बसाई पनि आनन्दमा परिणत भयो ।

पहिला–पहिला बुढापाकाहरूले भन्थे “बाबु, राम्रो काम ग¥यो भने पुण्य कमाइन्छ रे”। तर राहतको काममा लाग्दा जुन किसिमको मनमा सुख र आनन्द हुन्छ, त्यो कुनै पुण्य कमाउने भन्दा धेरै ठूलो हुँदोरहेछ । मान्छेको अनुहारमा हाँसो ल्याउन भनेको संसारकै सबैभन्दा गाह«ो काम हो जस्तो लाग्छ । तर यो कामपनि सजिलै गरियो । सबै नेपालीको अनुहारमा मुस्कान ल्याउन नसकेपनि केहीजनाको अनुहारमा मुस्कान ल्याउन सफल भइयो । चाहियो भने हामीले पनि गर्न सक्छौँ भन्ने भावना देख्न पाईयोे ।

अहिले सामाजिक सञ्जालहरूबाट धेरै देख्न पाइन्छ सबैजनाको सक्दो प्रयास र निःस्वार्थ भावनाले गरेको सहयोग । लाग्छ म या तपाईँ एक्लैले गरेर यो दुःखको समयमा केहीगर्न सकिँदैन... तर हामी सबैजना मिलेर गर्नेहो भने नेपाल र नेपालीहरूको अनुहारमा मुस्कान ल्याउन सकिन्छ । त्यसैले त भनिने गरिन्छ, जबसम्म “म” बाट “हामी”मा परिवर्तन हुँदैन तबसम्म देशले नँया काँचुली फेर्दैन ।


Author Info

avatar

Comments(0)

No comments found.

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.